तालाबन्दी खुलेपछि बेतना सिमसारमा चहलपहल

तालाबन्दी खुलेपछि बेतना सिमसारमा चहलपहल



बेलबारी । मोरङको बेलबारी ४ स्थित बेतना सिमसारमा लगाईएको ताला एक सातापछि शनिबार बिहान खुलेको छ । स्थानीय उपभोक्ताहरूको चाहना र भावना अनुसार समिति गठन गर्न, सामुदायिक वनको नीति र विधि अनुसार विधान संशोधन गरी साधारणसभा गर्न र बेलबारी वडा नंम्बर ४ बाहेक अन्य वडामा बाँडिएको परिषद् सदस्य खारेज गर्न माग गर्दै गत आईतबार बेतना सिमसारमा सङ्घर्ष समितिले मुख्य गेट र कार्यलयमा तालाबन्दी गरेको थियो ।

राजनीतिक दल र बिधान मस्यौदा समिति सँग पटक पटकको बार्तापछ शनिबार बिहान बाट संघर्ष समितिले ताला खोलेको बेतना सिमसार सामुदाियक बन उपभोत्ता समितिका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिएका छन । बेतना सिमसारको साधारणसभाका लागि ११ वटै वडाबाट परिषद सदस्य समेत चयन भईसकेका छन ।

एक टिप्पणी भेजें

और नया पुराने