प्रदेश १ का कुन जिल्लाका कति जनप्रतिनिधिले नयाँ दल रोजे


 प्रदेश १ का कुन जिल्लाका कति जनप्रतिनिधिले नयाँ दल रोजे ?   

बेलबारी ।  नेकपा एमालेबाट निर्वाचित प्रदेश १ का एक सय ८२ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । 

एक जना जिल्ला समन्वय समिति प्रमुखसहित १३ जिल्लाबाट एक सय ८२ जनाले नयाँ पार्टी रोजेका हुन् । १४ जिल्ला रहेको प्रदेश १ को सोलुखुम्बुका जनप्रतिनिधिले नयाँ दल रोजेनन् । मोरङमा आठ जना जनप्रतिनिधले नयाँ दल रोजका छन् । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार २८ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । इलाममा ५८ जनप्रतिनिधिले नयाँ पार्टी रोजेका छन् । ताप्लेजुङमा २१ जनाले नयाँ पार्टी रोजेका छन् ।

झापामा सात जना जनप्रतिनिधिले नयाँ दल रोजेका छन् । सुनसरीमा पनि ६ जनाले नयाँ दल रोजेको छन् । पाँचथरमा ११ जना जनप्रतिनिधिले नेकपा समाजवादी रोजेका छन् । सङ्खुवासभामा १५ जनाले नयाँ दल रोजेका छन् । तेह्रथुममा दुई जनाले नयाँ दल रोजेका छन् । खोटाङ जिल्ला समन्वय समिति सभापतिसहित ११ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

धनुकटामा आठ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजका छन् । ओखलढुङ्गामा एक जना जनप्रतिनिधले नयाँ दल रोजेका छन् । प्रदेश १ का एमालेका ५१ सांसदमध्ये १० जना सांसदले एकीकृत समाजवादी रोजेका छन् ।

एक टिप्पणी भेजें

और नया पुराने