रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ ।




विराटनगर, २० पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीस्थित ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ ।

स्वीटरहरु एनआईसी एशिया बैंककले प्रायोजन गरेको स्वीटरहरु सो विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीहरुलाई वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

कठ्यांग्रीँदो जाडोबाट बालबालिकाहरु बच्नका लागि एक कार्यक्रमकाबिच क्लबले रोटरीको सिद्धान्त र प्रतीक छापिएको न्यानो कपडा वितरण गरेको हो ।

स्वीटर पाएपछि विद्यार्थीहरु खुसी भएका थिए । विद्यार्थीहरूले चिसो मौसममा न्यानो र सुरक्षित महसुस गरि अध्ययनमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्न सकून् भन्ने उद्देश्यले स्वीटर वितरण गरिएको थियो ।

सो अबसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठी, गिरिजा सारडा, सुनिता अग्रवाल, कुसुम अग्रवाल, मञ्जु अग्रवाल, सन्तोष तोदी, दिप्ती तोदी, लता तोदी, नमिता टिवडेवाललगायत क्लबका पदाधिकारी र सदस्उहरुको उपस्थिती रहेको थियो

एक टिप्पणी भेजें

और नया पुराने