बेलबारीका दुई उद्यमी महिलाको कृषि क्रान्ति कृषि फर्मदेखि ३ बिगाहमा शुरु भएको ड्रागन खेती

 

बेलबारीका दुई उद्यमी महिलाको कृषि क्रान्ति 
कृषि फर्मदेखि ३ बिगाहमा शुरु भएको ड्रागन खेती 

बेलबारी । नेपालमा रोजगारीको अबसर नपाएर बिदेशिएको जवाफ दिने युवाहरुलाई मोरङको बेलबारी १ का दुई महिलाहरुले कृषि कर्म मार्फत गरिरहेका मेहनत र उनीहरुले पाएको सफलताले  यहिँ पनि मेहनत गर्न सकियो भने सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेको     छ  । 

घरायसी काम सँगै बाँकी रहेको समयको सदुपयोग गर्दै बेलबारी १ का सीता शाह र मैनादेवी थापाले केराबारी ९ घँघरुमा सञ्चालन गरिरहेको ओएशिष स्मार्ट एग्रो फार्मले यतिबेला धेरैलाई मेहनत गर्न सके यहि पनि धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण मात्र प्रस्तुत गरेको छैन,पुरुष मात्र होईन महिलाहरु पनि हरेक काममा सक्षम छन र उनीहरुले पनि हरेक क्षेत्रमा प्रगति गर्न सक्छन भन्ने प्रेरणा समेत दिएको छ ।

शाह र थापा दुबैजना गृहणी हुन । उनीहरुले घरमा मात्र बसेर हुन्न,केही काम गर्नुपर्छ र आफै सक्षम बन्न्पर्छ भन्ने सोचका साथ केही महिलाहरुको समुह बनाएर बेलबारी १ मा कृषि र्फम सञ्चालन गरेका थिए । पछि सबै साथीहरुले साथ छोडेपछि उनीहरु दुईजना मात्र बाँकी रहे,त्यसपछि उनीहरुले थप हिम्मत जुटाए र केही गरेरै छोडने अटोठका साथ १ बर्षअघि केराबारी ९ घ३घरुमा गुञ्जबहादुर थापा भनिने गणेशबहादुर थापाको नाममा रहेको ३ बिगाह जमिन भाडामा लिएर कृषि कर्म शुरु गरे । 

उनीहरुको फर्मममा अहिले ८ कठठा जमिनमा ड्रागन फ्रुट खेती रहेको छ । उनीहरुले अहिलेसम्म ३ सिजन ड्रागन समेत बिक्री गरिसकेका छन । र्फममा गाई,भैँसी,बाख्रा,कुखुरा,बँदेल,बिभिन्न जातका बोटबिरुवा,तरकारी खेती लगायत रहेका छन । ३ जना मानिसलाई रोजगारी समेत दिईएको फर्ममा सञ्चालकहरु आफै पनि खटिन्छन । फर्ममा अहिलेसम्म १ करोड बढी खर्च भईसकेको छ । शुरुको बर्ष भएकोले अहिले नाफा नभएपनि कृषि कर्मबाट घाटा नहुने सञ्चालक थापा बताउँछिन । घरमा त्यतिकै बसेर समय बर्वाद गर्नुभन्दा केही काम गरियो भने स्वास्थ्यलाई मात्र फाईदा नभएर आम्दानी समेत हुने उनको बुझाई छ ।

कृषि कर्ममा सबैले मन दिएर लागियो भने २÷४ पैसा कमाउनकै लागि बिदेश जानुपर्ने बाध्यता नहुने सञ्चालक शाह बताउँछिन । कृषि कर्म सबैभन्दा उत्तम कर्म रहेको समेत उनको बुझाई  छ । खाली समय बर्वाद गर्नुभन्दा केही न केही काम गर्नु राम्रो हुने उनी सुझाब दिन्छिन । कृषि फर्मका लागि अहिले सम्म उनीहरुले अनुदान समेत लिएका छैनन । साहका श्रीमान प्रदिप साह मोरङका सहायक प्रमुख जिल्ला अधिकारी समेत हुन । फर्सदका समयमा उनले समेत कृषि र्फममा सहयोग गर्ने गर्छन । 

साहको डिजाईनमा ड्रागन खेती 

बेलबारी नगरपालिका वडा नं १ घर भएका सहयाक प्रमुख जिल्ला अधिकारी प्रदिप शाहले श्रीमती सीता सहित साझेदार सँगको सल्लाह बमोजिम ११ महिना अघि ओएशिष ‘स्मार्ट एग्रो फाम’ सञ्चालन ल्याएका   हुन  ।  कृषि कर्मले यतिबेला उत्पादन त दिएको छ नै त्यो भन्दा पनि बढी त किसानमा गर्दा हुने रहेछ भन्ने विश्वाससमेत जागृत गरिदिएको छ । उनीहरुले झापाबाट ड्राइगन फलको बिरुवा ल्याएर रोपेका हुन । सामान्यतया सय रुपैयाँमा बेर्ना पाए पनि उन्नत जातको बिरुवालाई उनले तीन सय लगाएर ल्याए । नभन्दै रोपेको छोटो समयमै आम्दानी दिन थालेको छ । उनीहरूले सञ्चालन गरेको यो फाम धेरैको आकर्षणको केन्द्रबिन्दु बन्न सफल भएको छ । उनको फाम हेर्न टाढाबाट मानिसहरू आउने गर्छन् ।  कृषिबाट राम्रो आम्दानी लिन सकिने हुँदा राज्यले किसानलाई प्रोत्साहित गर्नु पर्ने साहको भनाइ रहेको छ । अपेक्षाकृत रूपमा कृषिमा लगानी हुन नसक्दा युवा शक्ति विदेश पलायन भइरहेकोमा भने उनी दुःखी छन् । उनी भन्छन् ‘कृषिमा लगानी गरेर युवालाई देशमै रोक्न सक्नु पर्छ ।’

एक टिप्पणी भेजें

और नया पुराने