हातमा मृत्युदर्ता बोकेर जिबित बन्न हिँडेको ४ बर्षमा नागरिकता प्रदान

                  

बेलबारी। हातमा मृत्युदर्ता बोकेर जिबित बन्न हिँडेका मोरङको बेलबारी ११ लक्ष्मीमार्गका सुभाष तामाङले मोरङ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएका छन् । 
सरकारी अभिलेखमा मृतकको विवरण रहेका सुभाष हातमा मृत्यु दर्ताको प्रमाणपत्र बोकेर पुन नागरिकता दिलाई पाउँ भनेर विगत ४ वर्ष देखी जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न सरकारी निकाय धाई रहेका थिए । बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सुभाषलाई नागरिकता प्रदान गरेका हुन् ।
भोजपुरको षडानन्द नगरपालिका(२ पुर्ख्यौली घर भएका तामाङ वि।स।२०७१ सालमा साउदी अरबको एक कम्पनीमा गएका थिए । वि।स।२०७२ असार २४ गते दुर्घटना भएपछि उनको मृत्यु भएको भनी कम्पनीले शव पठाएको थियो । कम्पनीले शव पठाएपछि उनको परिवारले दाहसंस्कार गरी मृत्यु दर्ता समेत गरेको थियो ।
२०७२ साउन ६ गते तामाङको षडानन्द नगरपालिका(२ मृत्यु दर्ता भएको थियो। मोरङको बेलबारी नगरपालिका(११ लक्ष्मी मार्गमा बसाइँ सरेका तामाङ आफ्नो मृत्यु दर्ता खारेज गरी दिन माग गर्दै जिल्ला प्रशासन देखी वडा कार्यालय सम्म धाएको सुवासले नागरिकता पाएपछि पुन जीवन पाएको बताएका छन् । नागरिकता दिँदै प्रमुख जिल्ला अधिकारी निरौलाले भने सुभाष ६ महिना अघि आउनु भएको थियो त्यसपछि हराउनु भयो मैले यो विषयलाई गम्भीरताका साथ लिएर उहाँलाई बोलाएको हो ।
मोरङको बेलबारी( ११ लक्ष्मी मार्गका सुवास तामाङ वि।स।२०७१ सालमा परिवार तथा आफन्तको अनुहारमा खुसी ल्याउने सपना बोकेर साउदी तिर लागे । साउदीमा हुन्डाइ कम्पनीमा काम गर्ने सम्झौतामा उनी विदेश गएका थिए । काम गरे बापतको तलब भने उनले बैकमा पाउने गरेका थिए । आफू बसेको ठाँउवाट बैक सम्म पुग्न समय लाग्थ्यो । तलब लिएर फर्कने क्रममा वि।स।२०७२ असार २४ गते दुर्घटना भएपछि उनको मृत्यु भएको भनी परिवारमा फोन आयो । साउदीमै रहेका सुवासका आफन्तले उनको शव नेपाल पठाउन पहल गरे । १५ दिन नबित्दै उनको शव त्रिभुवन विमानस्थल काठमाडौँ आइपुग्यो । श्रीमती सन्तोषी र बुबा हर्कबहादुर शव ल्याएर आफ्नो रितिरिवार अनुसार बेलबारीमा दाहसंस्कार गरे । पैसा कमाएर सुखको जिन्दगी काट्ने सपना बोकेर विदेश गएका सुभाषको मृत्युको खबर आएपछि परिवार शोकमा डुब्यो ।
सुवास दुर्घटनामा परेको केही महिनापछि श्रीमतीलाई सुवासका साथीहरूले फोन गरे । विदेशको नम्बर बाट फोन आउँदा सन्तोषीको मन झस्कियो । पहिलो आवाज सुन्दा उनले फिल्मको कथा जस्तै महसुस गरिन । उनलाई पहिलो फोनमै भाउजू सुवास दाइ जिउँदै हुनुहुँदो रहेछ अस्पतालमा उपचार हुँदै छ भनेर फोनमा भनिएको थियो । सुभाषकी श्रीमती सन्तोषीले भन्छिन् खबर सुनेर अनुहारमा केही छिन हाँसो त थपियो तर दाहसंस्कार गरेको शव कसको थियो भन्ने चिन्ता भयो ।
सुवास भनेर दाहसंस्कार गरेका व्याप्ति भने बागलुङका टेकेन्द्र भण्डारी थिए । एउटै कम्पनीमा काम गर्ने ४ जना तथा ट्याक्सी ड्राइभर १ जना गरी ५ जना गाडीमा गएका थिए । रातको करिब १ बजेको थियो होला हामी कोठातिर आउँदै थियौँ सुवासले भने बाटोमा गाडी दुर्घटनामा परेछ मेरो होस आउँदा म अस्पतालमा थिएँ । हामी ५ जना गाडीमा गएकोमा म मात्रै बाचेछु ।

एक टिप्पणी भेजें

और नया पुराने