बक्तृत्वकलामा शिक्षा सन्देशकी दिक्षा प्रथम


 बक्तृत्वकलामा शिक्षा सन्देशकी दिक्षा प्रथम

बेलबारी । बेलबारी नगर बाल सञ्जालको आयोजनामा ५७ औँ बालदिबसका अबसरमा मंगलबार बेलबारीमा आयोजत बक्तृत्वकला प्रतियोगितामा बेलबारी २ स्थित शिक्षा सन्देश ई.स्कुलकी छात्रा दिक्षा कार्की प्रथम भएकी छिन ।

बेलबारी नगरपालिकास्थित आदिबासी जनजाति महासंघ समन्वय परिषद बेलबारीको सभाहलमा भएको कार्यक्रममा कार्की प्रथम हुन सफल भएकी हुन । उनले नगद ५ हजार सहित ट्रफि समेत हात पारेकी छिन । बेलबारी ४ की कार्की कक्षा ११ मा अध्यायनरत बिद्यार्थी हुन ।

एक टिप्पणी भेजें

और नया पुराने